सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति
काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ।
सहमतिसँगै चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्। सहमतिमा सञ्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने अभियोगमा पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका अरू ५ जनालाई पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने निर्णय भएकाे छ ।
उक्त ऐन कार्यान्वयनमा सरकारका सरोकारवाला निकाय प्रतिवद्ध रहने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउने लगायत बुँदाहरु रहेका छन्।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
Facebook Comments Box







