Share Icon

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले महसुल संकलन गर्ने काउन्टर शनिबार बन्द गर्ने भएको छ । भिडभाड कम गर्न भन्दै प्राधिकरणले शनिबार पनि काउन्टर सञ्चालन गर्दै आएको थियो ।

शनिबार सञ्चालन हुँदै आएको महसुल संकलन काउन्टर असोज ११ को निर्णयअनुसार कात्तिक १ गतेदेखि बन्द गरिने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्गले सूचनामा जनाएको छ ।

शनिबार काउन्टर खोलिराख्न आवश्यक नदेखिएकोले बन्द गर्ने निर्णय गरिएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्गले सूचनामा जनाएको छ ।

Facebook Comments Box

Share Icon