लाईट एकेडेमी मावि राजापुरद्वारा परीक्षामा उत्कृष्ट नम्बर ल्याउने ४३ विद्यार्थी पुरस्कृत
काठमाडाैं । बर्दिया राजापुर नगरपलिका ४ स्थित रहेकाे लाईट एकेडेमी मा. वि. (बोर्डिङ स्कुल) ले गत वर्ष सञ्चालित परीक्षमा उतीर्ण भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेकाे छ ।
विद्यालयका प्रिन्सिपल अमर ढकाल र उप-प्रधानाध्यपक खुमलाल चौधरीले गत वर्ष सञ्चालित परीक्षमा उतीर्ण भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका हुन्।
प्रिन्सिपल अमर ढकालले कक्षा १ देखि ९ सम्मका प्रथम, द्वितिय र तिर्तिय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएकाे जानकारी दिनुभयाे ।
उहाँले कक्षा १ देखि ९ सम्मका ४३ विद्यार्थीलाई पुरस्कार वितरण गरिएकाे बताउनु भयाे।
त्यस्तै अनुशासन, उपस्थिती र राम्राे व्यवहारकाे गुण हुने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएकाे उहाँले बताउनु भयाे ।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बाेन गर्दै प्रिन्सिपल ढकालले कक्षाकोठालाई मात्रै नभई पुरै विद्यालयलाई नै हामी बालमैत्री बनाइएकाे बताउनु भयाे ।
उहाँले भन्नुभयाे,’ त्यसैले विद्यार्थीको चौतर्फी विकास र क्षमता वृद्धि भइरहेकाे छ।, हामी विद्यालयलाई वास्तविक विद्यालय र सिकाइलाई वास्तविक सिकाइ बनाउने प्रयासमा छौं ।’
उहाँले विद्यार्थीहरु घरमा भन्दा विद्यालयमा रमाउने हुँदा कक्षाकाेठा शैक्षिक सामग्रीले सजाइएको जानकारी दिनुभयाे । पुरस्कार वितरण कार्यक्रममा शिक्षक, विद्यार्थीसहित अभिभावकहरूकाे पनि उपस्थिती रहेकाे थियाे ।
सार्वजनिक नतिजाले राजापुर क्षेत्रमा उक्त विद्यालयकाे शैक्षिक गुणस्तर बढेकाे देखाउँछ ।
गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिँदै शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध नै वास्तविक सिकाइ हो भन्ने विश्वासका साथ लाईट एकेडेमी मा. वि.(बोर्डिङ स्कुल) अहिले अगाडि बढिरहेको छ।
विद्यालयमा प्रविधि मैत्री शिक्षण स्मार्ट कक्षा, अंग्रेजी माध्यमबाट शिक्षण र शान्त वातावरण रहेकाे उप-प्रधानाध्यपक खुमलाल चौधरीले जानकारी दिनुभयाे ।








