Share Icon

११ भदौ, ढोरपाटन । कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो । बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो ।

बागलुङ बजारमा विभिन्न ठाउँका व्यापारी र ग्राहकको भीड नै लाग्ने गथ्र्यो । तर पछिल्लो समय बागलुङ बजारदेखि यहाँका मुख्य व्यापारिक बजार सुनसान बन्दै गएका छन् । स्थानीय तह गठन भएपछि गाउँ–गाउँमा ससाना बजार विस्तार भइरहेका छन् । पहिले बागलुङ बजारमा पाइने सबैथोक अहिले गाउँमा पाइन्छन् । गाउँमा आवश्यक सामान पाइने भएपछि ग्राहक बजारमा आउन छोडेका छन् ।

बागलुङमा खास गरि दुई मुख्य नाकाबाट सामान भित्रिने गर्छ । एउटा मालढुङ्गा नाका अर्को हाँडीखोला नाका । मालढुङ्गा नाकाबाट भित्रिने अधिकांश सामान वीरगञ्ज, काठमाडौँ र पोखराबाट आउँछ भने हाँडीखोला नाकाबाट भने बुटवल र सुनौलीबाट सामान भित्रिने गर्दछ । मालढुङ्गादेखि भित्रिने सामान पूर्वी बागलुङमा खपत हुने गर्छ भने हाँडीखोलाबाट भित्रिने पश्मिच बागलुङ र पूर्वी रुकुममा बढी खपत हुने गरेको छ । गाउँबाट समान किनमेलका लागि बजार झर्न छोडेपछि बागलुङ बजारमा व्यापार निकै कम भएको छ । गाउँगाउँमा मोटरबाटो पुगेपछि बजारमा घट्न थालेको बजार कोरोना सङ्क्रमणकालपछि झन् सुस्ताएको छ ।

पछिल्लो समय आर्थिक मन्दीका कारणले गर्दा व्यापार निकै कम भएको व्यापारीको गुनासो छ । पछिल्लो एक वर्षयता व्यापार ५० प्रतिशतले आधा भएको उनीहरुको भनाइ छ । व्यापार घट्दै गएपछि बागलुङ बजारमा धमाधम व्यापारीले पसल बन्द गर्न थालेको उद्योग वाणिज्य सङ्घ बागलुङका महासचिव ऋषिराम गौतमले बताउनुभयो । कोभिड–१९ ले सुस्ताएको व्यापार आर्थिक मन्दीका कारण व्यापारी समस्यामा परेको उहाँको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज र महँगो भाडाका कारण व्यापारी पलायन हुने अवस्था आएको उहाँले बताउनुभयो । पछिल्लो छ महिनामा बागलुङ बजारका एक बढी सटरमा गरिदै आएको पसल बन्द भएको उहाँको भनाइ थियो ।

केही समय अगाडि बागलुङमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी र इमेज सहकारीका सञ्चालकले व्यापारीको करोडौँ रकम हिनामिना गरे फरार भएपछि व्यापार व्यवसायमा थप समस्या सिर्जना भएको उहाँको भनाइ छ । “चाडवर्प आउन थाल्यो, बजार सुनसान छ, पहिला–पहिले यस्तो हुँदैनथ्यो, यो समय निकै चहलपहल हुन्थ्यो, अहिले व्यापारीलाई सामान खरिद गर्न भ्याइनभ्याइ हुन्थ्यो, अहिले महिनौँ अगाडि ल्याएर गोदाममा राखेको सामान यतिकै थन्किएका छन्”, महासचिव गौतमले भन्नुभयो, “व्यापारीलाई पहिले ल्याएर राखेका सामान कटाउनै मुस्किल छ, नयाँ सामान ल्याएर बिक्री गर्न सक्ने अवस्था छैन, गाउँपालिका÷नगरपालिका आएपछि घटेको व्यापार अहिले निकै कम भएको छ ।”

बागलुङ बजारमा ३० वर्षदेखि व्यवसाय गर्दै आउनुभएका डिल्ली गौतमले पछिल्लो समय व्यापार सुस्ताउँदा दैनिकी चलाउन गाह्रो हुने स्थिती आउन थालेको बताउनुभयो । सङ्घीयताको प्रभावले गर्दा छ वर्ष अगाडि बागलुङ बजारको व्यापार ५० प्रतिशतले घटेको भन्दै कोभिडपछि थप ३० प्रतिशत व्यापार कम भएको गौतमले बताउनुभयो । पहिले बागलुङ बजार जिल्ला सदरमुकाम र साविक धौलागिरी अञ्चलको केन्द्र भएको हुँदा व्यापार निकै भएको

Facebook Comments Box

Share Icon